Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नख्खुमा बम विष्फोट गराउने ‘विप्लव’-नेकपाका मध्यकमान्ड इञ्चार्ज ओली पक्राउ

काठमाण्डौ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनसहित ९ नेता-कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेबाट स्कारपियो जिपमा काठमाडौंतर्फ आइरहेका ओलीसहितका ९ नेता कार्यकर्तालाई काभ्रेको खानीखोला–७, मिल्चेबाट प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीको विशेष व्युरोले शुक्रबार राति काभ्रेबाट पक्रेको हो । ओली विप्लवका विश्वासपात्र मात्रै थिएनन्, दाहिने हात नै हुन् । उनी पक्राउ परेसँगै विप्लवलाई ठूलो झड्का लागेको छ ।

पक्राउ पर्नेहरु सबै मध्यकमाण्डका नेताहरु हुन् । नियन्त्रणमा लिइएका सबै नेता-कार्यकर्तालाई काठमाडौं परिसर, टेकु ल्याउने बताइएको छ ।

करिब एक महिनाअघि ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा बम विष्फोट गराएको आरोप ओलीमाथि छ । उक्त विष्फोटको ओलीले नै जिम्मेवारी पनि लिएका थिए ।

प्रकाशित मिति: Mar 23, 2019

प्रतिक्रिया दिनुहोस्