Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गिरिजाप्रसादको आज नवौं स्मृति दिवस : कांग्रेसले गरेन औपचारिक कार्यक्रम

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवसमा पार्टीले औपचारिक रुपमा कुनै कार्यक्रम घोषणा नगरेको बताइएको छ ।

कांग्रेस कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय नीति अनुरुप कुनै औपचारिक कार्यक्रम पार्टीबाट नगरिएको बताए । तथापि जिल्ला कार्य समितिहरुले आफ्नै तरिकाले स्मृति दिवस कार्यक्रम गरेको बताए।

जिपी कोइराला फाउन्डेसनले दीप प्रज्ज्वलन गरी कोइरालाको स्मृति गर्ने जनाइएको छ । माइतीघरमा साँझ हुने कार्यक्रममा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला उपस्थित हुने बताइएको छ ।

शान्ति प्रक्रियाका ‘नायक’का रुपमा परिचित कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । सशस्त्र युद्धमा रहेको तत्कालीन माओवादी उनकै पहलमा मूलधारको राजनीतिमा अवतरण गरेको थियो । कोइरालाको जन्म १९८१ असार १८ मा भएको थियो ।

प्रकाशित मिति: Mar 21, 2019

प्रतिक्रिया दिनुहोस्