Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ह्याट्रिकको खुसियाली बन्यो रोनाल्डोलाई जरिवानाको फाँसो

एजेन्सी :  युभेन्टस पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोलाई युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएफए)ले २० हजार युरो जरिवाना गर्ने निर्णय गरेको छ। युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत एट्लेटिको म्याड्रिडविरुद्धको दोस्रो लेगमा रोनाल्डोले ह्याट्रिक गर्दा सेलिब्रेसनका क्रममा अनुचित व्यवहार गरेका थिए।

एसोसिएसनले उक्त सेलिब्रेसनलाई खेल भावनाविपरीत कार्य गरेको ठहर गर्दै जरिवाना गर्ने निर्णय गरेको हो। पहिलो लेगमा एट्लेटिकोले युभेन्टसलाई २-० ले पाखा लगाएको थियो। दोस्रो लेगमा युभेन्टसले ३-० को जित निकाल्दा रोनाल्डोले ह्याट्रिक गरे। सोही ह्याट्रिकको खुसियाली मनाउने क्रममा रोनाल्डोले म्याड्रिडका प्रशिक्षक डिएगो सिमोनीलक्षित अनुचित व्यवहार गरेका थिए।

च्याम्पियन्स लिगमा रोनाल्डोको नाममा सर्वाधिक गोलको कीर्तिमान छ। म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड तथा युभेन्टसबाट उनले समग्रमा १६० खेलबाट १२४ गोल गरेका छन। यसैगरी, ह्याट्रिकमा उनले बार्सिलोनाका लियोनल मेसीसँग बराबरी गरेका छन। एट्लेटिकोविरुद्धको दोस्रो लेगमा गरेका ३ गोलको मद्दतमा रोनाल्डोले च्याम्पियन्स लिगमा मेसीको बराबर ८ ह्याट्रिक लगाएका छन। रोनाल्डोको कार्यप्रति धेरैजसो विश्लेषक तथा युरोपियन मिडियाले विरोध जनाएका छन।

युइएफएले प्रारम्भिक रूपमा २० हजार युरो जरिवाना सुनाए पनि उनकाबारे थप कारबाही सम्बन्धमा २१ मार्चमा निर्णय हुनेछ। युइएफएको बैठकले कठोर निर्णय गर्दा रोनाल्डोले एज्याक्सविरुद्धको क्वार्टरफाइनल खेल गुमाउने सम्भावना अझै बाँकी नै छ।

युभेन्टसका प्रशिक्षक मासिमिआनो अलेग्री आफ्ना स्टार खेलाडीमाथि थप कारबाही नहुने विश्वास राख्छन। युइएफएले एट्लेटिको प्रशिक्षक सिमोनीलाई पनि गत साता कारबाही गरेको थियो। प्रिक्वार्टरफाइलनको पहिलो लेगमा सिमोनीले पनि युभेन्टसविरुद्ध अनुचित व्यवहार गरेका थिए। युइएफएले उनलाई १७ हजार पाउन्ड जरिवाना तिराएको थियो।

प्रकाशित मिति: Mar 21, 2019

प्रतिक्रिया दिनुहोस्