Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डाइबिटिजदेखि दमसम्म : हेर्नुहोस् बहुउपयोगी दालचिनीका अनगिनत फाइदाहरु

दालचिनी हाम्रो भान्छामा  सजिलै पाइने मरमसला हो । यसलाई प्राय: चियामा हालेर खाने गर्दछ । यसमा  फाइबर, क्याल्सियम तथा आइरनको मात्रा बढी हुने गर्दछ ।  यसले विभिन्न परिकार स्वादिलो बनाउने मात्रै होइन, विभिन्न रोगबाट बचाउने तथा उपचारको काम पनि छन् ।

दालचिनीका केही अनगिनत फाइदाहरु यसप्रकार छन् :

  • दालचिनीको प्रयोगले ब्लड सुगर लेभल नियमित गर्न सहयोग मिल्छ । यसले गर्दा डाइबिटिजका लागि यो प्राकृतिक उपचारका रुपमा लिने गरिएको छ ।
  • दालचिनीले एलडिएल अर्थात ब्याड कोलेस्ट्रोललाई कम गर्छ, दालचिनी पाउडर महमा मिसाएर पेस्ट बनाई खाएमा धमनीमा कोलेस्ट्रोल जम्मा हुन पाउँदैन । यसबाट हृदयघातको जोखिम कम हुन्छ ।
  • अपच, ग्यास्ट्रिक तथा वान्ता हुने जस्ता समस्याका लागि पनि दालचिनी उपयुक्त हुन्छ । यस्तो समस्या भएका व्यक्तिले हरेक दिन एक गिलास पानीसँग आधा चमच दालचिनी पाउडर खाएमा राम्रो हुन्छ । पेटमा हुने इनफेक्सनका लागि पनि दालचिनीको प्रयोग राम्रो मानिएको छ ।
  • दालचिनी पाउडरको लेप जोर्नीहरुमा लगाउँदा जोर्नी दुख्ने समस्या कम हुने गर्छ ।
  • दालचिनीको प्रयोग क्यान्सरको उपचार तथा क्यान्सर हुनबाट रोक्का लागि पनि प्रयोग गर्ने गरिएको छ । यसमा क्यान्सर सेलको विकास तथा बिस्तारलाई रोक्ने क्षमता हुने अध्ययनहरुले देखाएका छन्।
  • दालचिनीको प्रयोगले शरीरमा रक्त सञ्चार नियमित हुने गर्छ । यसले गर्दा मेटबोलिजम रेट बढ्छ, जसले मोटोपन कम गर्न सहयोग मिल्छ ।
    दालचिनीलाई विश्वका ७  उत्कृष्ट एन्टिअक्सिडेन्ट मध्ये लिने गरिएको छ । यसको प्रयोगले शरीरमा रहेका मृत कोष हट्ने र छालाको सुन्दरता राम्रो हुन्छ ।
  • यस्तै यसमा हुने एन्टिब्याक्टेलिय गुणले दाँत तथा गिँजालाई स्वस्थ राख्न सहयोग गर्छ । दालचिनीको पाउडरले दाँत मसाज गरेमा दाँत तथा गिँजा सम्बन्धी समस्या कम हुन्छ ।
  • चिसो लागेको वा रुघाखोकी लागेको अवस्थामा एक चमचा दालचिनी पाउडरलाई एक गिलास पानीमा उमालेर पिउँदा फाइदा हुन्छ ।
  • दमका रोगीहरुका लागि दालचिनीको प्रयोग फाइदाजनक छ भने मस्तिष्कका लागि पनि दालचिनी उपयोगी हुने देखिएको छ । यसको प्रयोगले स्मरण शक्ति बलियो हुने अध्ययनहरुबाट देखिएका छन् ।

प्रकाशित मिति: Mar 19, 2019

प्रतिक्रिया दिनुहोस्