Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजदूत मञ्जिभ सिंहद्वारा रेल्वेको प्रगतिबारे निरीक्षण

धनुषा : नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले आज निर्माणाधीन जनकपुर-जयननगर रेल्वेको प्रगति अवस्थाबारे निरीक्षण गरेका छन् । उनले सो क्रममा रेल्वे लिकमा ट्रली चढेर यात्रासमेत गरेका थिए ।

उनी अचानक रेल्वे स्टेशन पुगेर भारतको जयनगरसम्म निरीक्षण गर्न आएको जानकारी पाएपछि रेल्वेका अधिकारी त्यहाँ पुगेका थिए । पुरी र उनको टोली दुई ट्रलीमा चढेर जनकपुरदेखि जयनगरसम्मको २९ किलोमिटरको दूरीे निरीक्षण गरेका थिए ।

नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इञ्चार्ज विनोदकुमार ओझाका अनुसार राजदूत पुरी आउनेबारे आधिकारिक रूपमा कुनै पनि जानकारी थिएन । भारत सरकारकै लगानीमा रेल पूर्वाधार निर्माणको काम भइरहेको छ ।

पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको कुर्थासम्म रेल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित मिति: Mar 16, 2019

प्रतिक्रिया दिनुहोस्