Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हवाई टिकटको खर्च व्यहोर्न नसकी अलपत्र परेका २३ नेपालीको उद्दार (नामावलीसहित)

काठमाडौं : मलेसियास्थित नेपाली राजदूतावासको प्रयासमा सिमोनिया, बुकिट जलिल र सेपांग घर फिर्ति केन्द्रमा अलपत्र २३ नेपालीको उद्दार गरिएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी अलपत्र परेका उनीहरुलाई उद्दार गरेर नेपाल फर्काइएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासका अनुसार फागुन १६ गते १ जना, २१ गते ४ जना र २८ गते १८ जना गरी कूल २३ नेपालीलाई स्वादेश पठाइएको हो । राजदूतावासले फाल्गुण महिनामा विभिन्न घरफिर्ती केन्द्रहरुमा रहेका नेपालीहरुलाई उद्दारगर्ने उद्देश्यले भेटघाट गरेको थियो।

लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक समस्या देखिने हुँदा राजदूतावासले यथाशीघ्र उद्दार गर्न जरुरी देखी दूतावासबाट एकतर्फी हवाई टिकट उपलब्ध गराउदै आएको छ ।

प्रकाशित मिति: Mar 13, 2019

प्रतिक्रिया दिनुहोस्