Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गठबन्धनको पत्रकार सममेलन : स्वतन्त्र मधेशको मुद्दा त्याग्नेबारे सम्झौता नभएको दावी

सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले स्वतन्त्र मधेशको मुद्दा त्याग्नेबारे सरकारसँग सम्झौता नभएको बताएको छ ।गृहमन्त्रालयको सुरक्षा गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा बादलले स्वतन्त्र मधेश र जनमत संग्रहबारे कुनै सहमति नभएको बताएको भोलिपल्ट गठबन्धनको रुपन्देही समितिले भैरहवामा पत्रकार सम्मेलन गर्दै सरकारसँग सहमति भएपनि आफ्नो बटमलाईन स्वतन्त्र मधेशको मुद्दा नबिर्सिएको बताएको हो ।

गठबन्धनका रुपन्देही संयोजक भूपेन्द्र यादवले शान्तिपूर्ण र संसदीय प्रणालीबाटै स्वराज आन्दोलन अघि बढाउने बताए । ‘हाम्रो जुन स्वतन्त्र मधेसको बटमलाइन छ, त्यसलाई बिर्सिएका छैनौँ, सरकारसँग पनि यसबारे कुनै सम्झौता भएको छैन–उनले भने –अब जनताको म्यान्डेट लिएर त्यही रोडम्याप अनुसार संसदीय प्रणालीबाट प्रक्रियागत रुपमा अगाडि बढ्छौँ ।’

उनले अन्तराष्ट्रिय स्तरमा दर्ता गरिएका मधेशसम्बन्धी मुद्दाको विषयमा सरकारसँग कुनै सहमति नभएको भन्दै दुई नम्बर बुदाँले आफूहरुलाई अन्तराष्ट्रिय स्तरमा जाने बाटो समेत खुल्ला गरेको बताए ।

उनका अनुसार रुपन्देही जिल्लामा सरकारले प्रक्रियागत र शान्तिपूर्ण रुपमा स्वराज आन्दोलन अगाडि बढाउन सरकारले कुनै हस्तक्षेप नगर्ने सहमति भएको छ । गठबन्धन रुपन्देहीले सरकारसँग भएको एघार बुँदे सहमतिले गठबन्धनलाई एघार बुँदे नै फाइदा भएको निष्कर्ष समेत निकालेको छ ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा युएनपिओपछि युएनमा आफूहरुको सजिलै सहकार्य र प्रतिनिधित्व गरिने बाटो खुलेको, स्वराज आन्दोलनको रोडम्याप अनुसार संसदीय प्रणालीबाट मधेस स्वराज घोषणा गर्न सकिने, अन्तराष्ट्रिय स्तरमा मधेश गठबन्धन शान्तिपूर्ण शक्तिको रुपमा मजबुत भएको, गठबन्धनको लोकतान्त्रिक शक्तिलाई सरकारले स्वीकार गरेको हुनाले जनअभिमतबाट समृद्ध मधेस निर्माण हुनेजस्ता विषयमा सहज भएको उल्लेख छ ।

विज्ञप्ती : 

यद्यपी, यसअघि भने स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतले आफ्नो हस्तक्षर भएको सूचना मात्र आधिकारिक भएको जनाएका थिए । उनको आधिकारिक फेसबुक एकाउण्डमा सोमबार सार्वजनिक गरिएको जानकारी अनुसार राउत अझै पनि सामाजिक सञ्जाल र फोनको पहुँचभन्दा टाढा रहेको भन्दै हस्ताक्षर भएको धारणामा मात्र विश्वास गर्न आग्रह गरेका हुन् ।

फेसबुक तथा ट्टीटर एकाउन्ट सचिवालयबाट सञ्चालन भइरहेकाले त्यहाँँबाट सम्प्रेसित सबै जानकारीलाई आधिकारिक नमान्न आग्रह गरिएको हो । उनको सचिवालयले भनेको छ, ‘डा. सीके राउत अहिले पनि आफ्नो सामाजिक संजालको अकाउन्टहरु तथा फोनको पहुँच भन्दा बाहिरै हुनुहुन्छ। शीघ्र नै उहाँ आफ्नो फोन सुचारु गर्ने प्रयास गर्दै हुनुहुन्छ। डा. सी. के. राउतको फेसबुक पेज र ट्वीटर एकाउन्ट उहाँको सहयोगीसहितको टीमले चलाउने हो (त्यही भएर उहाँ जेलमा भएको बेलामा पनि चलिराख्ने हो)। यसमा अबदेखि आउने पोस्टहरुमा ’सीके राउत CK Raut सिग्नेचर भएका पोस्टहरु मात्रै उहाँको आफ्नो विचाररपोस्ट हो।’

http://45.77.46.207/2019/03/81813/

प्रकाशित मिति: Mar 12, 2019

प्रतिक्रिया दिनुहोस्