Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साफ महिला च्याम्पियनसिपमा नेपालद्वारा भुटान ३-० गोलले पराजित

काठमाडौ‌ँ : पाचौँ दक्षिण एसियाली फुटबल महासंघ-साफ महिला च्याम्पियनसिपमा घरेलु टोली नेपालले सन्तोषजनक सुरुवात गरेको छ । विराटनगरको शहिद रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३-० गोलले हरायो ।

नेपालका लागि मन्जली कुमारी योन्जन, सावित्रा भन्डारी र कप्तान निरु थापाले १-१ गोल गरे । १३ औँ मिनेटमा मन्जलीले टोलीलाई अग्रता दिलाएकी थिइन्। दुई मिनेटपछि सावित्रा भन्डारीले टोलीको अग्रता दोब्बर बनाइन्। ५३ औँ मिनेटमा कप्तान निरुले गोल गरेकी हुन् । खेलमा नेपालले एकपक्षीय दबाब बनाएको थियो। समूहको दोस्रो तथा अन्तिम खेलमा नेपालले शनिबार बंगलादेशसँग खेल्ने छ ।

प्रकाशित मिति: Mar 12, 2019

प्रतिक्रिया दिनुहोस्