Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल भ्रमण बर्ष २०२० : बैदेशिक लगानी भित्राउने उपयुक्त समय

काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवलीले बैदेशिक लगानी भित्राउन सरकारले उपयुक्त बाताबरण निर्माण गरेको बताएका छन। नेपाल भ्रमण बर्ष २०२० का अवसरमा आइतबार काठमाडौमा आयोजित कार्यक्रममा उनले यस्तो जानकारी गराएका हुन ।

नेपालको बिकासका लागी लगानी आवश्यक भएको भन्दै मुलुकका बिभिन्न स्थानमा सेजनको स्थापना गरिएको पनि उनले जनाएका छन । मन्त्री ज्ञवालीले लगानी सम्मेलन आयोजनागर्न लागिएको भन्दै नेपालमा लगानी गर्न आश्वस्त पारिने पनि कार्यक्रममा बताएका थिए ।

नेपालको स्रोत साधनलाई अधिकतम उपयोग गर्दे बिकासको बाटोमा अघि बढेको भन्दै बिकासका लागी पर्यटन क्षेत्रको भूमिका पनि अपरिहार्य हुने उनको भनाई रहेको थियो ।

कार्यक्रमका सहभागीहरुले नेपाल भ्रमण बर्ष २०२० सफल बनाउनका लागी आफुहरुको सहयोग हुने र बाह्य लगानीका लागी सरकारले अधिकतम वातावरण निर्माण गनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति: Mar 10, 2019

प्रतिक्रिया दिनुहोस्