Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेगा बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा विशेष छुट

काठमाडौं : मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको मन्डिखाटारमा रहेको ह्याम्स अस्पतालले विशेष छुट दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ह्याम्स अस्पतालका अध्यक्ष आर एस भण्डारीबीच मेगा बैंकको मुख्य कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता पत्रमा उल्लेख छ । सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ह्याम्स अस्पतालमा कुल बिलको १० प्रतिशतसम्म छुट पाउनेछन् ।

यसैगरी, औषधी खरिद गर्दा ५ प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ । आकस्मिक रुपमा सडक तथा हवाईबाट उद्दार गर्नुपरेमा मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले प्राथमिकता दिने भएको छ ।

ह्याम्ससँगै मेगा बैंकका ग्राहकहरुलाई काठमाडौँको नर्भिक, ग्राण्डी, स्टार अस्पताल, गोल्डेन, ग्रीनसिटी, उच्चता, बयोदा, चिरायु लगायतका अस्पतालमा छुटका लागि यसअघि नै सम्झौता भइसकेको छ ।

प्रकाशित मिति: Mar 10, 2019

प्रतिक्रिया दिनुहोस्