Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिटिजन्स बैंक र आईआरआईसीबीच तालिम संचालन गर्ने सम्झौता

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इन्डिपिडेन्ट रिसर्च एण्ड इन्भेष्टमेन्ट कम्पनी (आईआरआईसी)बीच तालिम संचालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि आईआरआईसीले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिमहरु प्रदान गर्ने छ ।

यसका साथै आईआरआईसीले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहनेछ । अब आउने निकट भविष्यमा पनि कर्मचारीहरूको वृति विकाशका निमित्त विभिन्न कार्यक्रमहरू संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति: Mar 10, 2019

प्रतिक्रिया दिनुहोस्