Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लामो समयपछि शेयर बजारमा छायो उत्साह : दोहोरो अङ्कले बढ्यो शेयर बजार

काठमाडौँ : लामो समयपछि शेयर बजारमा उत्साह छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको हो । नेप्से परिसूचक कूल १६ दशमलव शून्य एक बिन्दुले बढेर १ हजार १२७ दशमलव ७७ बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ४३ बिन्दुले बढेर २३९ दशमलव ७२ बिन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कूल १७४ कम्पनीको ११ लाख ६८ हजार ३०४ कित्ता शेयर रु २९ करोड ३९ लाख ३८ हजार २०३ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये अनुत्पादन समूहको मात्रै शेयर घटेको छ । सो उपसमूहको शेयर १८ दशमलव ६९ बिन्दुले घटेको छ । यस्तै बैंकिङ १३ दशमलव ९२, होटल शुन्य दशमलव ४, विकास बैंक १७ दशमलव ९१, जलविद्युत् १७ दशमलव शुन्य ४, वित्त ४ दशमलव ४१, निर्जीवन बीमा १०५् दशमलव २४, अन्य ५ दशमलव ७३, लघुवित्त २२ दशमलव ११ र जीवन बीमा १५९ दशमलव ३२ बिन्दुले बढेको छ ।

कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु १ करोड ९९ लाख २७ हजार १९०, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु १ करोड २८ लाख २८ हजार ५२६, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु १ करोड ७ लाख ६४ हजार ५३८, प्रभु बैंक रु १ करोड ४ लाख ६७ हजार ५३५ मूल्यमा अगाडि रहे ।

स्टकका अनुसार पूर्णिमा विकास बैंकका शेयरधनीले नौ दशमलव ९४ प्रतिशतले कमाएका छन् । यस्तै राधी विद्युत् कम्पनी ८ दशमलव ९२, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ८ दशमलव शुन्य ९, नेशनल हाइड्रोपावर कम्पनीका शेयरधनीले ८ दशमलव शुन्य छ प्रतिशतले कमाएका छन् ।

प्रकाशित मिति: Mar 7, 2019

प्रतिक्रिया दिनुहोस्