Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लगभग २० हजार नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु भएको छ : मन्त्री पण्डित

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले फागुन महिनाभित्र कर्मचारी समायोजनको काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री अधिकारीले कर्मचारी समायोजनको काम सकिने बित्तिकै २० हजार नयाँ कर्मचारी भर्ना गर्ने घोषणा पनि गरे । मन्त्री पण्डितले कर्मचारी समायोजनको काम नसकिएकाले नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गर्न ढिलाई हुन गएको पनि स्पष्ट पारे ।

मन्त्री पण्डितले संघ, प्रदेश र स्थानीय तहमा ५५ हजार कर्मचारी समायोजनको काम सम्पन्न गरिएको पनि जानकारी दिए । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौंमा हल्लेर बस्न चाहने कर्मचारीहरूले मात्रै समायोजन प्रक्रियाको विरोध गरेको दावी पनि गरे ।

 

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्