Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टीका नेता पक्राउ परेको विरोधमा बिहीबार दाङ बन्द घोषणा

दाङ : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेपालले बिहीबार एक दिन राप्ती बन्दको घोषणा गरेको छ । नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्युरोले बिहीबार एक दिन राप्ती बन्दको घोषणा गरेको हो ।

मंगलवार दाङको तुलसीपुरमा कार्यक्रमस्थलबाटै पक्राउ परेका ३ जना र फागुन २० गते रोल्पावाट पक्राउ परेका पार्टीका नेताको विरोधमा बन्दको घोषणा गरिएको पार्टीले जनाएको छ । ब्युरो इन्चार्ज सुवासद्वारा जारी विज्ञप्तिमा विनाकारण पक्राउ परेका पार्टीका सदस्य प्रदीप वली, इश्वरी पाण्डे र रुद्ध वलीको विनासर्त रिहाइ गर्न माग गरिएको छ ।

यसैबीच बन्द सफल पार्न इन्चार्ज सुवासले विज्ञप्तिमार्फत सबैमा आग्रह गरेका छन् । बन्द बिहीबार बिहान ५ देखि साँझ ६ बजेसम्म गरिने बताइएको छ ।

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्