Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाहिरियो “चट्ट रुमाल” को रिमेक, हेर्नुहोस् भिडियो सहित

काठमाडौँ : पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा पनि बलिउडमा जस्तै पुराना चर्चित गीतहरुलाई रिमेक गरेर राख्ने चलन निकै बढेको छ । पछिल्लो समय आज हाम्रो भेट भाको दिन, पिरतीको मिठो तिर्सना गीतको रिमेकपछि ‘चट्ट रुमाल’ को पनि रिमेक बनेको छ ।

सुपरहिट फिल्म ‘आफनो मान्छे’ को सुपरहिट गीत ‘चट्ट रुमाल’ लाई रिमेक गरेर सलिनमान बनियाँको प्रतिक्षामा रहेको फिल्म ‘यात्रा अ म्युजिकल भ्लग’ मा राखिएको हो । जुन गीत आज सार्वजनिक भएको छ । रिएरेञ्ज गरिएको गीतमा धर्मेन्द्र सेवान र मेलिना राइको स्वर रहेको भने राजन इशानको एरेञ्ज रहेको छ । प्रविन सिंहले कोरियोग्राफी गरेको गीतमा नायक सलिनमान सलोन बस्नेत, डेब्यु नायिका मलिका महत ,जान्हवि बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा लगायत फिर्चड रहेका छन् ।

पुरानो गीतको मर्मलाई यो टिमले सकेसम्म जिवितै राख्ने प्रयास गरेको छ । गीतको सुटिङ चार दिन लगाएर गरिएको थियो । पुरानो गीतमा सञ्चारकर्मी बाबुराम दाहालको शब्द ,शम्भुजित बास्कोटाको संगित र शम्भुजित र साधना सरगमको आवाज रहेको थियो जसमा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ र नीरुता सिंहको नृत्य रहेको थियो । भेट्रान निर्देशक केशव भट्टराइको निर्माण रहेको यात्रामा सुहाउँदो स्थान भएकाले गीतलाई राखिएको भट्टराई बताउँछन् ।सम्राट शाक्यले निर्देशन गरेको फिल्ममा सलिन भ्ल्गिस्टको भूमिकामा रहेका छन् ।

ए मेरो हजुर २ बाट डेब्यु गरी निकै खोजिएका नायक सलिनमानको यस फिल्मलाई लाखौँ युवायुवती फ्यानले प्रतिक्षा गरेर बसेका छन् । फिल्म चैत्र २९ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति: Mar 5, 2019

प्रतिक्रिया दिनुहोस्