Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेलिकप्टर दुर्घटनाको उद्दारमा साहसिक काम गरेका नेपाली सेनाका ४६ जनालाई सम्मान

काठमाडौँ : यही फागनु १५ गते प्रदेश नम्बर १ स्थित ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनापछिको खोज तथा उद्धारमा खटिएका ४६ जनालाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरिएको छ ।

नेपाली सेनाका अधिकृत, पदीक तथा अन्य दर्जासहित ४६ जनाले प्रतिकुल मौसममा पनि खोजीमा देखाएको साहसिक कार्यको उच्च मूल्याङ्कन गर्दै उक्त निशान प्रदान गरिएको हो ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित एक समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उक्त प्रशंसा निशान प्रदान गरेका हुन् ।

प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्