Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फ्राइडे रिलिज : ‘क्याप्टेन’ भर्सेज ‘द ब्रेकअप’

काठमाडौं : महाशिवरात्रीको छेको पारेर आज शुक्रबारबाट २ नयाँ फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् -‘क्याप्टेन’ र ‘दि ब्रेकअप’ । फ्राइडे रिलिज अन्तर्गत यी दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । ‘क्याप्टेन’ दिवाकर भट्टराइले निर्देशन गरेको फिल्म हो, भने ‘द ब्रेकअप’का निर्देशक हेमराज विसी रहेका छन् ।

‘द ब्रेकअप’: 

‘द ब्रेकअप’ आशिरमान देशराज जोशी र शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्म हो । प्रेम र विछोडको कथा बुनेको फिल्ममा रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीले संयुक्त लगानी रहेको छ । फिल्ममा आशिर र शिल्पाका अलावा सरोज खनाल, रेनदास श्रेष्ठ, इच्छा कार्की लगायतका कलाकारको पनि अभिनय छ । अष्ट्रेलिया र नेपालमा छायाँकन गरिएको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन् ।

रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीको संयुक्त लगानीमा निर्माण भएको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ ।

‘क्याप्टेन’:

अनमोल केसीको अभिनय रहेको क्याप्टेन नेपाली फुटबलको बिषयमा निर्माण भएको फिल्म हो । बाबुको सपना साकार पार्न हिँडेको मध्यम वर्गीय परिवारको एक व्यक्तिले देशका लागि स्वर्ण पदक जित्ने यात्रामा सामाना गर्नु पर्ने चुनौती फिल्मले कथा बनाएको छ । फिल्ममा अनमोलको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी रहेका छन् ।

सामिप्यराज तिमल्सिनाको पटकथा, सुदिप बरालको छायाँकन रहेको फिल्ममा सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतको अभिनय छ । फिल्ममा अभिनेत्री निरुता सिंह र अभिनेता भुवन केसीको पनि अभिनय छ ।

प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्