Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छोटो समयमा नै वार्षिक आयको लक्ष्य नगरपालिका, ६ महिनामा उठायो ४ करोड राजश्व

चितवन : चालु आर्थिक वर्षको ६ महिनामा नवलपुरको गैंडाकोट नगरपालिकाले ४ करोड भन्दा बढी राजश्व संकलन गरेको छ । नगरपालिकाले गत साउनदेखि पुससम्म ४ करोड ४२ लाख ९६ हजार ४ सय ६० रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।

यसमा गत वर्र्षको मौज्दात रकम १ करोड ८९ लाख रकमसमेत जोडिएको छ । नगरपालिकाले वार्षिक अनुमानित आयको लक्ष्य ४ करोड ४१ लाख ७ हजार ३ सय ८१ रुपैयाँ अनुमान गरेको थियो । तर नगरपालिका आर्थिक वर्षको ६-७ महिनामा नै लक्ष्य नजिक पुगेको छ ।

मौज्दातबाहेक ६ महिनाको अवधिमा नगरपालिकाले २ करोड ९१ लाख रुपैंया राजश्व संकलन गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य नगरपालिकाले माघ महिनामा उल्लेख्य राजश्व संकलन गरेको बताउँछन् ।

यो अवधिमा सबैभन्दा बढी एकीकृत सम्पत्ति करतर्फ ५९ लाख ९९ हजार ४ सय ४२ रुपैयाँ राजश्व संकलन भएको छ । सम्पत्ति करतर्फ यस वर्ष जम्मा अनुमानित आय ८० लाख रहेको थियो । यस्तै २० लाख अनुमानित आय भएको घरबहाल करमा ६ महिनाको अवधिमै लक्ष्यभन्दा बढी २२ लाख २९ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

नक्सापास दस्तुर ७४ लाख ५५ हजार ४६ रुपैयाँ संकलन भएको छ भने सिफारिस दस्तुरतर्फ ५२ लाख ५४ हजार ८ सय ६२ रुपैयाँ संकलन भएको छ । नगरपालिकामा यो अवधिमा सवारी साधन कर र मनोरन्जन करतर्फ एक रुपैयाँ पनि संकलन भएको छैन् ।

नगरपालिकाले विभिन्न सिफारिस, सेवा शुल्क, दर्ता तथा नवीकरण, एकीकृत सम्पत्ति कर, घरबहाल कर, भूमिकरलगायतका शीर्षकमा कर उठाउँदै आएको छ । संकलन भएको करले यहाँको आवश्यकता अनुसार विकास निर्माणको काम गरिने नगर प्रमुख छत्रराज पौडलले जानकारी दिए ।

प्रकाशित मिति: Feb 25, 2019

प्रतिक्रिया दिनुहोस्