Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोल्डेन अस्पतालको वार्षिकोत्सवको अवसरमा अती विपन्नलाई राहत समाग्री सहयोग

बिराटनगर : प्रदेश १ को राजधानी स्थित गोल्डेन अस्पतालले बिराटनगर महानगरका अती विपन्न ६५ घर परिवारलाई बिभिन्न राहत समाग्री सहयोग गरेको छ ।

अस्पतालले विराटनगर महानगरपालिका वडा नं. १२ स्थित बसोवास गरिरहेका अती विपन्न घर परिवारलाई कम्मल, झुल र ओछ्यान आदि वितरण गरेको हो ।

गोल्डेन हस्पिटल प्रा.लि. विराटनगरको आठौं वार्षिकोत्सवको अवसरमा अस्पताल प्रमुख आरती आनन्द रौनियार, प्रबन्ध निर्देशक डा. श्याम कुमार रौनियार लगायतले उक्त बितरण कार्य गरेको हो ।

अस्पतालका प्रशासकीय अधिकृत सनतोष मेहताका अनुसार अस्पताल स्थापनाको ८ वर्ष पुरा भएकोमा लोककल्याणकारी कार्य अन्तरगत अत्ति बिपन्न परिवारहरुलाई राहत सामग्री सहयोग गरेको हो ।

त्यसैगरी संचालक सदस्य सनातनकुमार मंडल र दिनेश ठाकुर लगायतको पनि बितरण कार्यमा सहभागिता रहेको थियो । विराटनगर स्थित सुविधा समपन्न अत्याधुनिक र सस्तो अस्पतालको रुपमा प्रसिद्ध यो गोल्डेन हस्पिटल अब ९ औं वर्षमा प्रवेश गरेको छ ।

प्रकाशित मिति: Feb 25, 2019

प्रतिक्रिया दिनुहोस्