Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेशमा प्रजातन्त्र दिवसको अवसरमा भव्य कार्यक्रम (फोटो फिचर)

सुर्खेत : कर्णाली प्रदेश सरकारले ६९ औं प्रजातन्त्र दिवसको अवसरमा भव्य कार्यक्रम गरी मनाएको छ ।

कर्णाली प्रदेश सरकारले सुर्खेतमा आयोजना गरेको औपचारिक कार्यक्रममा प्रदेशसभाका सभामुख राजबहादुर शाही, आन्तरिक मामिला मन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, उपसभामुख पुष्पा घर्तीसहित प्रदेशसभा सदस्य, जिल्ला समन्वय समिति सुर्खेतका संयोजक, नगरप्रमुखलगायत उच्चपदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले ठूलो बलिदानीपछि प्रजातन्त्र आएको बताउँदै यसको विकल्प नभएको बताए । ‘अहिले प्रजातन्त्रबारे केही तत्त्वले संशय पैदा गर्न खोजिरहेका छन्,’ सभामुख शाहीले भने, ‘त्यस्ता संशयले प्रजातन्त्रको बाटो छेक्दैन । प्रजातन्त्रबाहेक अर्को कुनै प्रभावकारी बाटो नेपालमा अहिले सम्भव छैन ।’ कार्यक्रमलाई सम्वोधन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले सरकार प्रजातन्त्रप्रति कटिबद्ध रहेको बताए ।

उनले सरकारले पहिलोपल्ट यो दिवस मनाएको बताउँदै प्रजातन्त्र बलियो भएको खण्डमा मात्रै देश समृद्ध बन्ने र त्यसले सबैलाई सवल बन्न सहयोग गर्ने धारणा राखे ।’

प्रकाशित मिति: Feb 19, 2019

प्रतिक्रिया दिनुहोस्