Logo
१५ बैशाख २०८१, शनिबार
(February 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेविसङ्घका महामन्त्री काफ्लेद्वारा तदर्थ समितिमा ३२ वर्ष उमेरहदको माग

काठमाडौँ : नेपाल विद्यार्थी सङ्घले पार्टीले निर्माण गर्न लागेको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको छ । विगठित नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आज पत्रकार सम्मेलन गरी विधानमा उल्लेख भएअनुसार तदर्थ समितिमा ३२ वर्ष उमेर हद लगाउन माग गरेका हुन् ।

“विधानलाई बाहिर राखेर तदर्थ समिति निर्माण भए आफूहरुलाई स्वीकार्य हुँदैन,”-उनले भने । तदर्थ समितिले ६ महीनाभित्रै महाधिवेशन गर्नुपर्ने उनको भनाइ थियो । कार्यसमिति निर्वाचन गर्न सक्षम हुँदाहुँदै पनि पार्टीले विघटन गरेको आरोप उपाध्यक्ष रहेका रामप्रसाद अधिकारीको थियो ।

प्रकाशित मिति: Feb 18, 2019

प्रतिक्रिया दिनुहोस्