Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नगरपालिकाका सब इन्जिनियर घुस रकम सहित रंगेहात पक्राउ

काठमाडौं : कञ्चनपुरको बेलौरी नगरपालिकाका सब इन्जिनियर घुस रकम सहित रंगेहात पक्राउ परेका छन । अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सब इन्जिनियर हृदयराज बजगाईलाई ६० हजार रुपैयाँ घुस रकम सहित पक्राउ गरेको हो ।

बेलौरी नगरपालिका ४ र ६ जोड्ने स्लाब कलभर्ट निर्माणको अन्तिम रनिङ बिल फरफारकका लागि सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई आयोगले नियन्त्रणमा लिएको हो ।

उनलाई अख्तियारको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको अख्तियारको कञ्चनपुर कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: Feb 17, 2019

प्रतिक्रिया दिनुहोस्