Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा भएको आतंकवादी हमलाको विश्वभरबाट निन्दा, काठमाण्डौमा पनि श्रद्धाञ्जली कार्यक्रम

भारत स्थित कशमिरमा हिजो (बिहिबार) भएको आतंकवादी हमला-घटनाको चौतर्फी निन्दा भइरहेको छ । नेपाल समेत विश्वका कयौं देशले उक्त घट्नाप्रति कडा निन्दा गरेको छ । विश्वका शत्तिशाली भनिएका देशहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर भारतको दुखःमा आआफनो साथ रहेको बताइरहेको छनु ।

त्यस्तै घटनामा ज्यान गुमाएका जवानहरूप्रति श्रद्धाञ्जली दिन काठमाण्डौमा पनि विषेश कार्यक्रमको आयोजना गरिउको छ । शुक्रबार दिउसो ४ बजे मातिघर मण्ड्लामा मधेशी नागरिक समाजले श्रद्धाञ्जली कार्यत्रमको आयोजना गर्न लागेको हो ।

रोटी-बेटीको सम्बन्ध रहेको भारतमा आतंकवादी हमला हुनु नेपालको लागि पनि उतिकै दुख्द कुरा भएको भन्दै भारतको दुखःमा साथ दिन श्रद्धाञ्जली कार्यत्रमको आयोजना गरिएको समाजका संयोजक गणेशकुमार मण्डलले बताए । आयोजक समाजले उक्त कार्यक्रममा उपस्थित हुन सबैलाई अह्वान गरेको छ ।

यसैबीच बिहिबार भारत स्थित काश्मिरमा ४२ जना भारतीय सुरक्षाकर्मी मारिने गरी भएको आतंकवादी हमलालगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेका छन् । स्थानीय समयानुसार बिहीबार दिउँसो सवा तीन बजे जैस ए मोहम्म आतंकवादी समूहले काश्मिरको पुलवामामा गरेको हमलामा केन्द्रीय रिजर्भ पुलिस फोर्सका ४२ जना जवान मारिएको खबर पाएपछि ओलीले मोदीलाई फोन गरेका हुन् ।

मोदीसँगको फोन वार्ताका क्रममा प्रम ओलीले काश्मिरमा आज भएको आतंकवादीको हमलाको निन्दा र भत्र्सना गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । प्रधानमन्त्रीले मोदीसँगको फोनवार्ताका क्रममा आतंकवादी हमलामा मारिएका जवानहरुप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रम ओलीले आतंककारी कृयाकलपा जुनसुकै रंग, जाति या क्षेत्रको भए पनि त्यो सधैँ निन्दनीय हुने बताउँदै यो संकटको घडीमा आफू र नेपाल भारतको साथमा रहेको बताएका थिए ।

सुरक्षा विश्लेषकको आक्रोस : ‘सरकार नालायक’
४२ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भारतको जम्मू कश्मीरमा चरपन्थीले गरेको आक्रमणलाई भारतीय सुरक्षा विश्लेषकहरुले आक्रोसमा सरकारको नालायकीपनको संज्ञा दिएका छन् । पूर्व प्रहरी उप महानिर्देशक तथा लेखक अली मोहम्मद वटालीले भने, ‘यस्तो किसिमको हमलाले यो सन्देश दिन्छ कि चरमपन्थीहलाई सिद्ध्याउने भारतको नीति पूर्ण रुपमा असफल भएको छ ।

यो हमलाले समस्यालाई अझ जटिल बनाएको छ । उनले अगाडि भने, ‘भारतका गृहमन्त्री राजनाथ सिंहले कैयौँ पटक भनेका छन् कि कश्मीरमा चरमपन्थी छिट्टै सिद्धिनेछन् तर उनको दाबी अहिले झुटो सावित भएको छ, कश्मीरमा स्थिति झन झन खराब भइरहेको छ । सेना परिचालनको विकल्प यसलाई सम्हाल्न नाकाम भयो ।’

पूर्व प्रहरी महानिर्देशक एम.एम. खजूरिया भन्छन् ‘कश्मीरमा भइरहेको यो सामान्य लडाई होइन जो एक दुई महिनामा सकिन्छ, यो एक लामो संघर्ष हो, सरकारले त्यहि अनुरुप समाधानको पहल गर्नुपर्छ ।’ जम्मू कश्मीरको पुलवामा जिल्लाको लेथपोरा नजिक श्रीनगर जम्मू राजमार्गमा सिआरपिएफका जवान सवार गाडीमा आक्रमण भएको हो ।

जम्मूबाट श्रीनगर जाँदै गरेका सुरक्षाकर्मीका ७० मध्ये एउटा गाडी आक्रमणमा परेको हो । प्रतिबन्धित चरमपन्थी समूह जैश ए मोहम्मदले आक्रमणको जिम्मा लिएको छ ।

तीन महिने छोरीको अनुहार समेत हेर्न पाएनन् तर गयो ज्यान

भारतको जम्मू-कश्मीरमा भएको आतंककारी हमलामा राजस्थानका रोहिताश लाम्बाले पनि ज्यान गुमाए । उनको घरमा रुवाबासी चलिरहेको छ । उनको डेढवर्ष अघि मात्रै विवाह भएको थियो ।

तीन महिना पहिले उनको पहिलो सन्तानका रुपमा छोरीको जन्म भएको थियो । उनको नजिकका एक साथीका अनुसार आफ्नी छोरीलाई भेट्न रोहिताश होलीको छुट्टीमा घर जाने योजनामा थिए ।

तर त्यसअघि नै उनको कश्मीर हमलामा ज्यान गएको छ । उनको मृत्युको खबरपछि परिवार मात्रै होइन सिंगो गाउँमा नै रुवाबासी चलेको छ ।

प्रकाशित मिति: Feb 15, 2019

प्रतिक्रिया दिनुहोस्