Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नगरपालिकाले ल्यायो नगरबस सञ्चालनमा, सञ्चारकर्मी र ज्येष्ठ नागरिकलाई निःशुल्क

डोटी : नगरवासीको सहजताका लागि डोटीको शिखर नगरपालिकाले नगरबस सञ्चालनमा ल्याएका छन् । गत पुस २६ गतेदेखि नगरबस सञ्चालन गरेको शिखर नगरपालिकाले सञ्चारकर्मीलाई निःशुल्क यात्रा गर्न पाउने व्यवस्था गरेको छ ।

नगरकार्यपालिकाको बैठकले नै निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले जानकारी दिए । ‘पत्रकारलाई समाचार संकलन गर्दा सहज होस भन्ने उद्देश्यले यो निर्णय गरिएको हो,’ प्रमुख प्रशासकीय अधिकृत बिनाडीले भने, ‘अन्य लक्षित बर्गका व्यक्तिको सुविधाको लागि यस्तो सेवा सुरु गरिएको हो ।’

बिनाडीका अनुसार सञ्चारकर्मीसँगै अपाङ्गता भएका व्यक्ति, असहाय र ज्येष्ठ नागरिकले पनि नगरबसमा निःशुल्क यात्रा गर्न पाउने कार्यपालिकाले निर्णय भएको छ ।

कार्यपालिकाले गरेको उक्त निर्णय अनुसार ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकहरुले बसमा यात्रा गर्दा शुल्क तिर्नु पर्ने छैन । निःशुल्क यात्रा गर्न पाउने बर्गले यात्रा गर्दा आफ्नो परिचय पत्र देखाउनु पर्ने प्रमुख प्रशासकीय अधिकृत बिनाडीले बताए ।

नगरपालिकाले सञ्चालनमा ल्याएको नगरबसमा प्रचलित भाडा दर भन्दा ३० प्रतिशत कम भाडा लिने गरी बस सञ्चालन गरेको छ । ५६ लाख ६० हजार लागतमा नगरपालिकाले छब्बिस सिट क्षमता भएका दुई बस सञ्चालनमा ल्याएको थियो ।

प्रकाशित मिति: Feb 14, 2019

प्रतिक्रिया दिनुहोस्