Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतबाट भित्रिएका तयारी मासुजन्य पदार्थको अनुगमन गर्न कार्यदल गठन

काठमाडौं : काठमाडौं भक्तपुर तथा ललितपुर लगायतका ठाउँहरुमा तारे होटल, पार्टी प्यालेस, रेष्टुरेन्ट तथा कोल्ड रुमहरुमा अवैधरुपमा भारतबाट भित्रिएका तयारी मासु तथा मासुजन्य पदार्थको अनुगमन गर्न कार्यदल गठन गरिएको छ । सरकारी निकायको संयोजन रहने कार्यदलमा पोल्ट्री व्यवसायीहरु समेत संलग्न रहनेछन् ।

काठमाडौं, भक्तपुर, ललितपुर तथा काभ्रे जिल्लाका दाना उद्यमीहरु, ह्याचरी उद्यमीहरु, कुखुरा पालक किसानहरु, कोल्डस्टोर व्यवसायीहरु तथा चल्ला दाना वितरकहरुकोे संयूक्त भेलाबाट सो कार्यदल गरिएको हो । भेलाले नाकाबाट खुलेआम रुपमा आयात भइरहेको कुखुरा तथा चल्लाको नियमित चेकजाँच गरेर मात्र भेटेरीनरी सिफारीस गरिदिन सरकारबाट सम्बन्धन प्राप्त भेटेरीनरी डाक्टरहरुलाई अनुरोध गरेको छ ।

उल्लेखित निर्णयहरुलाई पुर्ण रुपमा पालना गर्न पशुसेवा विभाग एवं अन्य मातहतका विभागिय प्रमुखहरुसंग छलफल गरी समस्या समाधानको लागि सम्बन्धीत निकायहरुलाई पत्राचार समेत गर्ने–गराउने निर्णय पनि भेलाले गरेको छ ।

प्रकाशित मिति: Feb 13, 2019

प्रतिक्रिया दिनुहोस्