Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय सरकारद्धारा दिइने तालिममा नेपालका २० जना कर्मचारीहरुको सहभागिता

काठमाण्डौ : भारत सरकारको आयोजनामा आयोजित एक तालिमा नेपालका २० जनाको कर्मचारी टोली सहभागी भएका छन् । भारत विदेश मन्त्रालयको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ (ITEC) अन्तर्गत सञ्चालन
भइरहेको उक्त तालिममा सहभागी भएका नेपाली कर्मचारहिरुको यो दोस्रो समुह हो ।

नेपाल स्थित अर्थ मन्त्रालयका २० जना कर्मचारीहरुको उक्त टोलीले ‘इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स
एण्ड फाईनान्स’ (INGAF) मा सञ्चालन हुने ु’Global Perspectives on Public Financial Management’ विषयको तालिम लिन लागेका हुन् ।

उक्त तालिम माघ २८ गते देखि सुरु भएको हो । उक्त तालिम भारत सरकार विदेश मन्त्रालयका ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ (ITEC) अन्तर्गत सञ्चालन भइरहेको छ । जम्मा ६२ कर्मचारीहरुलाई प्रदान गरिने उक्त विशेष तालिम नेपालको अर्थ मन्त्रालयको अनुरोध तथा आवश्यकता अनुरुप तयार पारिएको हो ।

यस तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण÷अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरिक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयहरुमा चलिरहेको विश्वव्यापी अभ्यासबारे सहभागीहरुको क्षमता अभिवृद्धि गर्नेछ ।

प्रथम ब्याचका २० नेपाली कर्मचारीहरुले गत १० गतेदेखि १० दिन लामो तालिम सफलतापूर्वक लिएका थिए । INGAF भारत सरकारको सार्वजनिक अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाई सुविधायुक्त एक प्रमुख तालिम केन्द्र हो ।

अर्थ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस संस्थामा Institution of Internal Auditors (IAA) Florida, Atlanta School of Public Policy, Duke University, Management Development Institute (MDI) Guragaon, Indian Institute of Management, Bengaluru आदि जस्ता प्रमुख संस्थाहरुसँग आबद्धता रहेको छ ।

INGAF संसार भरका विकासशील भारतको मित्र राष्ट्रका कर्मचारीहरुललाई क्ष्त्भ्ऋ कार्यक्रम अन्तर्गत व्यवसायिक तालिम प्रदान गर्ने एक साझेदार भारतीय संस्था हो ।

प्रकाशित मिति: Feb 11, 2019

प्रतिक्रिया दिनुहोस्