Logo
१५ बैशाख २०८१, शनिबार
(February 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अण्डाको होलसेल पसलमा आगलागी, ८ लाखको क्षति

वीरगञ्ज : सोमबार बिहान अण्डाको होलसेल पसलमाभएको आगलागीमा झण्डै ८ लाखको क्षति भएको छ । वीरगञ्ज महानगरपालिका-८ स्थित घण्टाघर छेउको टाँगा स्टेशनमा रहेको दिपेन्द्र साहको घरमा आगलागी भएको हो ।

जस्ताको छानो भएको घरमा वीरगञ्ज-१ छप्कैयाका ईसराईल खानले अण्डाको होलसेल पसल सञ्चालन गर्दै आएका थिए । विद्युत सर्टभइ आगलागी भएको हुन सक्ने अनुमान गरेको छ । आगालगीबाट घरसमेत गरी ८ लाख बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिकाको दमकल, वडा प्रहरी कार्यालय बिर्ता, अस्थायी प्रहरी पोष्ट घण्टाघर र स्थानीय बासिन्दा मिलेर आगो नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति: Feb 11, 2019

प्रतिक्रिया दिनुहोस्