Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युनिभर्सल पावरको आईपीओमा ४० करोड बराबरको आवेदन

काठमाडौं : युनिभर्सल पावर कम्पनीको साधारण सेयर ९आइपीओ०मा करिब ४० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । सोमबार बिहान १० बजेसम्म ४० करोड रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले जानकारी दिए ।

कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारणका लागि ८६ लाख ७४ हजार ४९२ कित्ता आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओका लागि आज र भोलि मंगलबारसम्म आवेदन दिन सकिने छ । अहिलेको आवेदन दिएको अवस्था हेर्दा न्यूनतम १ सय कित्तासम्म लगानीकर्ताले सेयर पाउने देखिएको छ ।

११ मेगावाटको तल्लो खारेखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आईपीओ जारी गरिसकेको छ ।

प्रकाशित मिति: Feb 11, 2019

प्रतिक्रिया दिनुहोस्