Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्घटनामा परी घाईते भएका सांसद वलीको अवस्था गम्भीर, हेलिकप्टरमा राखेर काठमाडौं पठाइयो

बुटवल : बिहिवार सडक दुर्घटनामा परी गम्भीर घाईते भएका प्रदेश ५, दाङ्गका प्रदेशसभा सदस्य उत्तरकुमार वलीको अवस्था गम्भीर रहेको बताइएको छ । उनलाई शुक्रबार अपरान्ह नेपालगञ्जबाट हेलिकप्टरमा राखेर काठमाडौं उपचारका लागि पठाइएको दाङ्गका प्रहरी प्रमुख डिएसपी वेल पाण्डेले रातोपाटीलाई जानकारी दिए ।

उपचारका लागि भेन्टिलेटरमा राखेर कोहलपुरबाट सांसद वलीलाई काठमाडौंको मेडिसिटी हस्पिटलमा पठाइएको उनले बताए । ‘मुख्यमन्त्री कार्यालयदेखि केन्द्रसम्मको चिन्ता र चासो बढेको छ’ उनले भने,‘ उहाँको टाउको खुट्टा र मुटुमा समेत गम्भीर समस्या देखिएको छ, अवस्था गम्भीर नै छ ।’ भेन्टिलेटर सहितको सुविधा भएको हेलिकप्टरमा पठाइएको उनले बताए ।

हिजो साँझ अस्थाई राजधानी बुटवलबाट गृहजिल्ला दाङ्ग जाँदै गरेको अवस्थामा लमहीतर्फ आउँदै गरेको ना ख ५५२९ नम्वरको यात्रुबाहक बससँग सांसद वली चढेको बा १८ च ६८३६ नम्वरको कार घोराही ३ को मसोटपुल देखि १ किलो मिटर अगाडी एक आपसमा ठोक्किदा उनि गम्भीर घाईते भएका थिए । उनी अझै खतरामुक्त नभएको प्रहरी श्रोतले जनाएको छ । उक्त बसमा सवार रुकुम खलांगा–२ मुसिकोटकी २६ वर्षीया रमिता शर्माको सोही बसले च्यापेर हिजै मृत्यु भएको थियो ।

प्रकाशित मिति: Feb 8, 2019

प्रतिक्रिया दिनुहोस्