Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ महीनामा नेपाल बैंकले कमायो १ अर्ब ६६ करोड

काठमाडौँ : नेपाल बैंकले चालू आर्थिक वर्षको ६ महीनामा रु १ अर्ब ६६ करोड १४ लाख ९८ हजार नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले रु १ अर्ब ६३ करोड ८४ लाख ५९ हजार नाफा कमाएको थियो । गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा बैंकले १।४० प्रतिशत बढी नाफा कमाएको हो ।

बैंकको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफामा सुधार आए पनि नाफामा भने सामान्य सुधार मात्र देखिएको बैंकले प्रकाशित गरेको विवरणमा उल्लेख छ । बैंकले खुद ब्याज आम्दानी रु ३ अर्ब १६ करोड ७२ लाख ४९ लाख गरेको छ । गत आवको ६ महीनामा बैंकले रु २ अर्ब ९४ करोड ३ लाख २९ हजार ब्याज आम्दानी गरेको थियो ।

रु ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा रु १९ अर्ब ६५ करोड १४ हजार रहेको छ । बैंकले रु १ खर्ब ५ अर्ब ६७ करोड ८२ लाख ८६ हजार निक्षेप सङ्कलन गरी रु ८५ अर्ब ७९ करोड ८४ लाख ७२ हजार ऋण लगानी गरेको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति: Feb 3, 2019

प्रतिक्रिया दिनुहोस्