Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

च्याम्पियन्स लिगमा खेल्ने नयाँ बल सार्वजनिक

युरोपियन फुटबल महासंघ (युइएफए) ले च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रयोग गरिने नयाँ बल सार्वजनिक गरेको छ ।

बल निर्माता कम्पनी एडिडासले आफ्नो अफिसियल वेबसाइटबाट सोमबार च्याम्पियन्स लिगमा खेलाइने नयाँ बल सार्वजनिक गरेको हो ।

एडिडासले कम्पनीले बनाएको यस बललाई ‘म्याड्रिड १९’ नाम दिईएको छ । बलमा ‘म्याड्रिड १९ फाइनल’ समेत लेखिएको छ । युइएफए स्वयम्ले उक्त बललाई च्याम्पियन्स लिगको नकआउट चरणमा खेलाइने बलका रूपमा सार्वजनिक गरेको छ ।

अब प्रतियोगिताको फाइनलसम्म यही बल प्रयोग हुनेछ । च्याम्पियन्स लिगको अन्तिम १६ का खेलहरू फेब्रुअरी १३ देखि सञ्चालन हुनेछ ।

प्रकाशित मिति: Jan 22, 2019

प्रतिक्रिया दिनुहोस्