Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वित्तीय संस्थाहरुलाई पारदर्शी बनाउन चार्टर्ड एकाउन्टेन्टको आवश्यक

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई अनिवार्य रुपमा चार्टर्ड एकाउन्टेन्ट राख्न सचेत गराएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सबै बैंक तथा वित्तिय संस्थाहरुलाई चार्टर्ड एकाउन्टेन्ट राख्न सचेत गराए ।

सोमबार काठमाडौंमा आयोजित चार्टर्ड एकाउन्टेन्टहरुको सम्मेलनमा बोल्दै उनले बैंक तथा वित्तिय संस्थाहरुलाई पारदर्शी बनाउन पनि चार्टर्ड एकाउन्टेन्टहरुको नियुक्ती हुनैपर्ने पनि स्पष्ट पारे ।

चार्टर्ड एकाउन्टेन्ट नराख्ने वित्तिय संघ, संस्थाहरु पारदर्शी नहुने उनको भनाइ थियो । गभर्नर नेपालले नेपाल राष्ट्र बैंकले मुलुकको आवश्यक्तालाई ध्यानमा राखेर थप एक दर्जन चार्टर्ड एकान्टेन्ट तत्काल नियुक्त गर्ने घोषणा पनि गरे ।

गभर्नर नेपालले मुलुकमा चार्टर्ड एकाउन्टेन्टहरुको माग बढ्दै गएको दाबी पनि गरे।

प्रकाशित मिति: Jan 21, 2019

प्रतिक्रिया दिनुहोस्