Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री राउत आफै सक्रिय, आरोपित मन्त्री यादव भन्छन् ‘सचिव झाको मानसिक सन्तुलन ठिक छैन’

जनकपुरधाम : आफूलाई सभामुखको अगाडी नै हातपात गरेको भन्दै प्रदेश २ का एक सचिवले आरोप लगाइरहेका बेला आरोपित भनिएका आर्थिक मामिला मन्त्री विजय यादवले सचिव विद्यानन्द झाको मानसिक सन्तुलन ठिक छैन भन्दै उनलाई तत्कालै निलम्बन गर्नुपर्ने तर्क गरेका छन् । सचिव झासंग समान्य बकझक भएपनि मिडियामा आएजस्तो आफूले कुटपिट भने नगरेको बताए ।

सचिव झाले आफ्नो मानमर्दन गरेकाले उनलाई कारवाही गर्नुपर्ने मन्त्री यादवको भनाई रहेको छ । ‘त्यसो त छनविन समिति नै बनेको छ । सबै कुरा अहिले अब भन्नु मनासिव पनि होइन, अब जे गर्छ छानवीन समितिले गर्छ ।’ नागरिक टाइम्ससंगको कुराकानीमा मन्त्री यादवले भने ‘त्यो मान्छेलाई सिनियर-जुनियरको कुनै ख्याल छैन । मलाई त उहाँको मानसिक सन्तुलन नै ठिक छैनकी जस्तो महसुस भइरहेको छ ।’

‘एक त उहाँ मेरो मन्त्रालयको सचिव पनि होइन अर्कै मन्त्रालयको हो, उहाँ सिधै मेरो कार्यकक्षमा आउनु भयो, मैले बोलाउन लगाएको पनि होइन’ नागरिक टाइम्ससंगको कुराकानीमा मन्त्री यादवले भने-‘मैले उक्त मन्त्रालयका मन्त्रीसंग भने कम्पलेन गरेको थिएँ । बढी जान्ने भएर उहाँ सचिवजी मलाई स्पष्टिकरण दिन आउनु भयो, मैले भने अहिले सभामुख ज्युसंग छु । पछि आउनु अनि कुरा गारौंला, यत्ति के भने, उहाँले पुरै ठूलो स्वरमा हप्काउने स्टाइलले मसंग कुरा गरे । तपाई तुरन्त बाहिर जानु त भन्दा उहाँ यो हजुरको घर होइन मन्त्री जी म स्थाई सरकारको प्रतिनिधि हु, तपाईहरु त आज हुनुहुन्छ भोली हुनुहुन्छ की थाह छैन भन्दै जवाफ फर्काउनु भयो । त्यसपछि मलाई पनि अत्ति नै रिष उठ्यो मेलै सुरक्षाकर्मीलाई बोलाएर बाहिर पठाएको हो । बाहिर उहाँले बोलेको कुराहरुको भिडियो हेरेरै थाह हुन्छ की उहाँको स्तर के हो ।’

मन्त्री यादवले प्रदेश सचिव झाको पुरो इतिहास पनि कुनै ठिक नभएको भन्दै झाले गोहीको आसु झारिरहेको बताए । यता, उक्त घटना मिलाउन मुख्यमन्त्री लालबाबु राउत आफै नै अग्रसर भएका छन् । मन्त्री यादवले सचिव झाबीमाथि कुटपीट गरेको घटनाको मध्यस्तकर्ता भएर घटना मिलाउन मुख्यमन्त्री राउत अग्रसर भएका हुन् ।

आइतबारको घटनालाई लिएर कुनैपनि बेला कर्मचारीहरुले मन्त्रालयको कामकाज प्रभावित पार्न सक्ने भन्दै मुख्यमन्त्री राउतले सोमबार बिहान कर्मचारीहरुसँग छलफल गरेका छन् । यसअघि प्रदेश सरकारले घटनाको छानविन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरिसकेको छ ।

टोलीले सोमबारबाटै छानविनको काम सुरु गरेको जनाएको छ । समितिमा प्रदेश २ का मुख्यसचिव दीपक सुवेदी र कार्यालयका सचिव हरि फुयाँल रहेका छन् ।

प्रकाशित मिति: Jan 15, 2019

प्रतिक्रिया दिनुहोस्