Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाइल्याण्ड वुमेन्स टि-२० स्म्यास प्रतियोगितामा नेपाली महिला क्रिकेट टाेली सेमिफाइनलमा

पुष ३०: थाइल्याण्ड वुमेन्स टि-२० स्म्यास प्रतियोगिता अन्तर्गत नेपाली महिला क्रिकेट टोलिले लगातार तेश्रो जीत हाँसिल गर्दै सेमिफाइनलकाे यात्रा तय  गरेको छ । आज भएको खेलमा नेपालले यूएईलाई ६ विकेट पराजित गरेको हो ।

टस जितेर ब्याटिङ गरेको यूएईले पहिलो पारीमा १०५ रन बनाउन सक्यो । यूएईको लागि चायाँ मुघलले सार्वाधिक ३१ रन बनाइन । त्यस्तै इशाले २८ र चामानीले अविजित २३ रन बनाइन् ।

जवाफमा १०५ रनको लक्ष्य लिएर मैदानमा उत्रेको नेपाली महिला टोलीले १९ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । नेपालका लागि ओपनरले ६१ रन साझेदारी गर्दै राम्राे शुरुवात दिलाए । जसमा सिता रानामगरले ३७ रन बनाएर आउट भइन् ।

त्यसपछि डाेली भट्ट मात्र ७ रन बनाएर आउट भए सगै काजल श्रेष्ठ पनि २५ रन बनाउँदै पेलेभियन फर्किइन ।  ८५ रन मा ३ विकेट गुमाएकाे नेपालले ८८ रनमा इन्दु पनि १३ रन बनाएर आउट भईन ।

नेपालकाे जितका लागि रुवीना क्षेत्रीले अविजित ९ तथा नेरी थापाले ६ रन बनाए ।

प्रकाशित मिति: Jan 14, 2019

प्रतिक्रिया दिनुहोस्