Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रादेशिक अस्पतालको शैयाबाटै नगद ५० हजार र मोवाइल चोरी, बिरामीको बिचल्ली

उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल वुटबल पुगेका बिरामीको शैयाबाटै नगद ५० हजार र मोवाइल चोरी भएको छ । दाङ लमही नगरपालिका वडा नम्बर ५ निवासी सीमा भट्टराईको ५० हजार नगद र मोवाइल चोरी भएको हो ।

‘शिरानी मुनी राखेको पैसा र मोवाइल चोरी भयो’भट्टराईले भनिन्-‘बिहान तीन देखी पाँच बजेको समयमा चोरी भयो, अब उपचारको पैसा कसरी तिर्ने चिन्ता छ।’ उपचारको लागि पुगेका बिरामीको रकम चोरी भएपछि बिचल्ली भएको छ ।

उपचारमा पुग्ने बिरामी तथा कुरुवाको साथमा रहेको रकम तथा सामानहरु यस अघि पनि चोरी हुँदै आएको थियो । अस्पतालको ७ नम्बर क्याबिनबाट रकम चोरी भएको र चोरीको उजुरी प्रहरीलाई दिइएको सीमाका श्रीमान गंगाराम भट्टराईले बताए ।

प्रकाशित मिति: Jan 14, 2019

प्रतिक्रिया दिनुहोस्