Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन संसदमा प्रस्तुत हुने, बैठकमा कांग्रेसले अवरोध गर्ने सम्भावना

काठमाडौं : संसदको आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सम्बन्धी प्रतिवेदन पेश हुने भएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले संसदमा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन पेश हुने भएकाले आजको संसद बैठकमा कांग्रेसले अवरोध गर्ने सम्भावना छ । बैठक दिउँसो १२ बजे बस्दैछ ।

समितिको प्रतिवेदनमा नेपाली कांग्रेसका सदस्यहरूले फरक मत राखेका थिए । समितिको प्रतिवेदन पास भएपछि डाक्टर गोविन्द केसी इलाम पुगेर अनसनमा बसेका छन्।

प्रकाशित मिति: Jan 13, 2019

प्रतिक्रिया दिनुहोस्