Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थ ठाकुर फेरि अध्यक्षमण्डलको संयोजक बन्दै, प्रमुख सचेतकबाट हट्ने भए कर्ण

काठमाडौं : महन्थ ठाकुरलाई संयोजक पदबाट हटाएर राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलको संयोजक राजेन्द्र महतोलाई बनाएपछि उत्पन्न भएको नेतृत्व विवाद अझै पनि साम्य भएको छैन । संयोजकबाट ठाकुर हटिए लगतै तात्कालिन ‘तमलोपा’ फेरि सक्रिय भएको थियो । तर अध्यक्षमण्डलको पछिल्लो बैठक र सांसद रेशम चौधरीको सपथग्रहणपछि साम्य भएको भनिएको राजपामा आन्तिरिक द्धन्द्ध अझै चर्किन थालिएको छ ।

राजपा आवद्ध तातकालिन ‘तमलोपा’वालाहरुले अब फेरि ठाकुर नै अध्यक्ष बन्ने हल्ला फैलाउन थालिएका हुन् । चक्रिय प्रणाली अनुसार संयोजक बनेका महतोको कार्यकाल सक्न केहि दिन मात्र बाँकि रहेका बेला राजपामा फेरि ठाकुरको हल्ला फैलाइएको हो । नेताहरुले महाधिवेशनको ग्यारेण्टी गर्दै अध्यक्ष मण्डलको अन्तरिम संयोजकको रुपमा ठाकुरलाई ने कायम गर्ने तयारी भइरहेको भन्दै हल्ला फिजाएका हुन् ।

नाम उल्लेख नगर्ने तत्कालिन तमलोपाका एक नेताले भने हेर्दै जानुस् बर्तमान संयोजकले नै यही प्रस्ताव लिएर आउनेछन् । ठाकुरलाई नै अन्तरिम संयोजक बनाइने छ । उनले भने महेन्द्रराय यादव वा अन्य नेतालाई संयोजक स्वीकार्ने कुनै संभावना ने छैन । तर्सथ ठाकुरलाई नै पुनः संयोजक बनाइने छ । ‘यो पार्टी मुख्य नेता भनेको की ठाकुर की महतो हुन्,  कार्यकर्ता वा जनअधार पनि यही नेताहरुका छन् अन्य अध्यक्षहरु त ब्यरगेनिङ्गका अधारमा राजनीति गर्देछन्’ उनले भने- ‘पछिल्लो समयमा महोल फेरिएका छन् ठाकुर र महतोको साथ मिल्न थालेको छ तर्सथ महतोले नै यो प्रस्ताव ल्याउनेछ ।’

उता राजपाको संसदीय दलको प्रमुख सचेतक लक्ष्मणलाल कर्णलाई हटाएर अर्को ल्याउने तयारी थालेको छ । प्रमुख सचेतक कर्ण संसदीय दलको सभापति समेत रहेका हुनाले एउटै व्यक्ति दुईटा पदमा रहन नपाउने गरी छलफल शुरु गरेको छ । राजपा नेपाल संसदीय दलको दुई दिनसम्म चलेको बैठकमा सो छलफल शुरु भएको बताइएको हो ।

संसदीय दलमा संसदीय दलको नेता तथा प्रमुख सचेतकले मात्र सुविधा पाउने व्यवस्था छ । उता कर्ण सभापति हुँदा पनि दोहोरो सुविधा लिइरहेका छन् । एउटै व्यक्ति दुईतिर सुविधा लिइरहेको हुनाले प्रमुख सचेतकबाट कर्णलाई हटाएर अर्को व्यक्तिलाई दिने छलफल भएको बताइएको छ । प्रमुख सचेतकमा अरुलाई राख्नका लागि स्वयं कर्णले नै बैठकमा प्रस्ताव ल्याएको बताइएको छ ।

तर, प्रमुख सचेतक कसलाई बनाउने विषयमा सहमति बन्न सकेको छैन । त्यस्तै, संसदीय दलको सचेतक पद पनि खाली रहेको छ । त्यसमा पनि कसलाई राख्ने विषयमा सहमति बन्न सकिरहेको छैन । त्यसैगरि, प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत हुने विधेयकहरुको विषयमा छलफल गर्नका लागि एउटा उपसमिति बनाएको छ ।

राष्ट्रियसभाका सदस्य वृषेशचन्द्र लालको संयोजकत्वमा गठन भएको सो समितिमा प्रमोद साह, अकवाल मियाँ, चन्दा चौधरी र अमृता अग्रहरी रहेका छन् । यी समितिले दुईटै सदनमा के-के विषयमा कुरा उठाउने त्यो विषयमा पनि छलफल गर्ने बताइएको छ ।

त्यसैगरी, मधेश आन्दोलनको सम्बन्धमा पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठन भएको उच्चस्तरीय छानविन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न पनि दवाव दिन बैठकले सांसदहरुलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति: Jan 9, 2019

प्रतिक्रिया दिनुहोस्