Logo
१५ बैशाख २०८१, शनिबार
(January 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अधिकांश युवा भारत पलायन, गाउँमा वृद्धवृद्धा मात्रै

डोटी : गाउँघरमा काम नपाउने भएपछि जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश युवा अहिले रोजगारीका लागि छिमेकी मुलुक भारततिर जान थालेका छन् । पारिवारिक भेटघाट तथा दशैँ-तिहार मनाउन भारतबाट रोजगारी गरेर गाउँ फर्केका जिल्लाका अधिकांश युवा यतिबेला हरेक दिन दर्जनौँको सङ्ख्यामा छिमेकी मुलुक भारतलगायत नेपालका विभिन्न ठाउँमा रोजगारीका लागि जान थालेका छन् ।

युवा रोजगारीको सिलसिलामा घरपरिवार छाडेर अन्य मुलुक गएपछि अहिले यहाँका अधिकांश गाउँमा वृद्धवृद्धा र स-साना केटाकेटी तथा महिला मात्रै रहेको केआई सिंह गाउँपालिका-१ जमलकटियाका स्थानीयवासी चेतराज भट्टले बताए ।  कामका लागि छिमेकी मुलुक भारत जानेमा अधिकांश पढेलेखेका युवा पनि रहेका स्थानीयवासी बताउँछन् । रोजगारी अभावले भारततिर जानुपर्ने बाध्यता रहेको स्थानीयवासी मणिराम विकले गुनासो गरे ।

गाउँपालिकाले जनतालाई सडक निर्माणमा अवसर नदिएर सडक खन्न करोडौँ रकम डोजर प्रयोगमा खर्च गरेपछि आफूहरु खाली बस्नुभन्दा रोजगारीका लागि भारत जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । युवाहरु भारत पलायन भएपछि गाउँमा रहेका वृद्धवृद्धा र केटाकेटीलाई स्याहार–सुसार गर्ने मान्छे पनि नभएको बडिकेदार गाउँपालिका-१ का स्थानीयवासी बमबहादुर कलेलले बताए ।

युवाहरु भारत पलायन भए, गाउँमा बूढापाकालाई केही भइहाले पनि अस्पतालसम्म पु¥याउने मान्छे समेत नपाउने गरेकोस्थानीयवासी बमबहादुर कलेलले बताए ।

प्रकाशित मिति: Jan 6, 2019

प्रतिक्रिया दिनुहोस्