Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चार पत्रकारलाई सूर्यभक्त-पतनादेवी पत्रकारिता पुरस्कार

नवलपरासी : सूर्यभक्त-पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार यसवर्ष चार पत्रकारलाई प्रदान गरिने भएको छ । सूर्यभक्त-पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४ बाट दुई र सूर्यभक्त-पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ दुई गरी यसैवर्ष चार जनालाई एकैपटक प्रदान गरिने निर्णय भएको हो ।

पुरस्कार पाउने पत्रकारमा क्रमशः पोषण केसी. (न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष), वसन्तप्रकाश उपाध्याय (गोरखापत्र), पुरुषोत्तम सुवेदी (रासस) र गणशेखर शर्मा (स्तम्भकार) रहेका छन् ।

नेपाल प्रेस यूनियन नवलपरासी (बर्दघाट -सुस्ता पूर्व) शाखाले स्थापना गरेको सो पुरस्कारको राशि जनही रु पच्चीस हजार एक सय २५ सहित ताम्रपत्र र दोसल्ला छ । यूनियनले प्रत्येक वर्ष वितरण गर्दै आएको पुरस्कार विविध कारणवाट २०७४ सालमा वितरण भएको थिएन ।

यस पटक गतवर्ष र अहिलेको गरी दुई वर्षको एकैसाथ वितरण गर्न लागिएको यूनियनले जनाएको छ । सो पुरस्कार २०७४ बाट पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं राससकर्मी सुवेदी र वरिष्ठ स्तम्भकार शर्मा, यसैगरी पुरस्कार २०७५ बाट केसी र उपाध्यायलाई प्रदान गर्ने निर्णय भएको यूनियनका सभापति वीरेन्द्र पराजुलीले जानकारी दिए ।

नेपाल किसान सङ्घका संस्थापक अध्यक्ष एवं नवलपुरका अग्रज राजनीतिज्ञ सूर्यभक्त अधिकारी र उनकी धर्मपत्नी पतनादेवीकोस्मृतिमा उनका ज्येष्ठ सुपुत्र मदनभक्तको आर्थिक सहयोगमा अक्षयकोषको स्थापना गरी यूनियन नवलपरासी शाखाले सो पुरस्कार स्थापना गरेको थियो ।

प्रकाशित मिति: Jan 4, 2019

प्रतिक्रिया दिनुहोस्