Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विषादी अनाधिकृत प्रयोगकर्तालाई रु डेढ लाख ५० जरिवाना

काठमाडौँ : कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले अवैध रुपमा प्रयोग गरिने विषादीको प्रयोग र चोर बाटाबाट विषादी ल्याउने कार्यलाई रोक्न आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’ प्रस्तुत गर्दै उनले विषादीको अनियन्त्रित रुपमा हुँदै आएको प्रयोगलाई रोक्न विद्यमान कानूनलाई संशोधन गर्न विधेयक ल्याइएको जानकारी दिएका हुन् ।

विषादी अनाधिकृत प्रयोग गर्नेलाई रु ५० हजारदेखि एकलाख ५० हजारसम्म जरिवाना गर्न सकिने विधेयकमा व्यवस्था गरिएको मन्त्री खनालले बताए । यसअघि बैठकमा ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाको आजैको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत ग¥यो । यसअघि कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावमाथि भएको सैद्धान्तिक छलफल ६ सदस्यले भाग लिनुभएको थियो । छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले कतिपय ऐनलाई सङ्घीयता र संविधानअनुरुप बनाउनु पर्ने भएको हुँदा त्यसलाई व्यवस्थापन गर्न विधेयक ल्याइएको जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक यही पुस २२ गते अपराह्न १ बजे बस्नेछ ।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्