Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिड्नी टेस्टकाे पहिलाे दिनमा भारतकाे राम्राे शुरुवात, पुजाराकाे शानदार शतक

१९ पुष २०७५, बिहीबार : अष्ट्रेलियाविरुद्धको चाैथाे तथा अन्तिम टेस्ट क्रिकेटमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले राम्राे शुरुवात गरेकाे छ । ओपनर केएल राहुल पटक पटक असफल भए पनि अर्का ओपनर मायांक अग्रवालले ७७ रनकाे पारी खेल्दै पुजारासँग ११६ रनकाे साझेदारी गरी भारतलाई राम्राे शुरुवात दिलाए ।

त्यसपछि भारतका लागि चेतेश्वर पुजारा र भारतिय कप्तान विराट कोहलीले ५४ रनको सझेदारी गरे । चेतेश्वर पुजाराले शानदार शतक बनाए । उनले २५० बलकाे सामाना गर्दै १३० रन बनाएर खेली रहेका छन् ।  भारतिय कप्तान विराट कोहलीले २३ रन तथा राहाणेले १८ रन बनाए ।

त्यसपछि छै‍ँठाै नम्बरमा ब्याटिङ्ग गर्न आएका हनुमा विहारीले पुजारा सँग ७५ रनकाे साझेदारी गर्दै खेलिरहेका छन् । उनले ५८ बलकाे सामाना गर्दै ३९ रन बनाई सकेका छन्  ।

दिनकाे खेल सकिँदा भारत ४ विकेटकाे नाेक्सानीमा ३०३ रन बनाएर खेलिरहेकाे छ । अष्ट्रेलियाका लागि  हेजल्हुडले २, स्टार्क तथा लायन १-१ विकेट लिए ।

चार टेस्टकाे सिरिजमा भारत २–१ ले अगाडी छ भने अन्तिम टेस्टमा पनि भारत बलियाे स्थितीमा रहेकाे छ ।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्