Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८० रुपैयाँ विद्युत्को बिल तिर्न दुई हजार बढी खर्च गर्नुपर्ने

बैतडी : सदरमुकाम गोठलापानी र पाटनबाहेक जिल्लाका अन्य ग्रामीण क्षेत्रमा नागरिक विद्युत् महसुल तिर्नका लागि दुई हजार बढी रुपैयाँ खर्च गर्न बाध्य छन् ।

उक्त जिल्लाका अन्य स्थानमा विद्युत् महसुल काउण्टर नहुँदा विभिन्न नागरिकले ८० रुपैयाँ विद्युत्को बिल तिर्न दुई हजार बढी खर्च गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

महसुल तिर्नका लागि सदरमुकाम र पाटनमा मात्रै व्यवस्था भएकाले निकै झण्झट हुने गरेको डिलाशैनी गाउँपालिका गोकुलेश्वरका हरिशनाथले बताए ।

बैतडी सदरमुकामसम्म आवतजावत गर्न, खाना खर्चसहित ८० रुपैयाँ बिल तिर्नका लागि दुई हजार बढी खर्च गर्नुपर्ने नाथले बताए। जिल्लाको डिलाशैनी, दोगडाकेदार, पाटन नगरपालिका–१० सुर्नया गाउँपालिकाका विभिन्न स्थानका नागरिकहरुले विद्युत बिल तिर्नका लागि दुई हजार बढी खर्च गर्नुपर्ने बाध्यता रहेको बताए ।

विद्युत् महसुल काउण्टर नजिक नभएकाले सेवाग्राहीहरुले सास्ती भोग्नुपरेको सुर्नया गाउँपालिका–५ का दिपेन्द्रबहादुर बिष्टको गुनासो रहेको छ । विद्युत् महसुल सङ्कलनका लागि स्थानीयस्तरमै काउण्टर सञ्चालन गर्ने कुनै योजना नरहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीले जानकारी दिए ।

प्रकाशित मिति: Dec 25, 2018

प्रतिक्रिया दिनुहोस्