Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रालयमा अन्यौलता : डा.पुष्पा चौधरीलाई स्वास्थ्य सचिवमा निरन्तरता दिन सर्वोच्चको आदेश

काठमाडौँ :  डा.पुष्पा चौधरीलाई स्वास्थ्य सचिवमा निरन्तरता दिन सर्वोच्चले आदेश दिएका छ । चिकित्सकहरु पूर्व सम्झौता विपरित स्वास्थ्य सचिवमा प्रशासन समूहका केदार अधिकारीलाई स्वास्थ्य सचिव बनाएको भन्दै आन्दोलन गर्ने तयारीमा जुटेका बेला सर्वोच्चले डा. चौधरीका पक्षमा फैसला गरेको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको इजलासले उक्त आदेश दिएको हो । उनको कार्यसम्पदान चित्त बुझ्दो नभएको भन्दै स्वास्थ्यमन्त्रालयबाट असोज २८ गते सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा तानेपछि उनी त्यसका विरुद्ध कात्तिक १५ गते अदालत सर्वोच्च पुगेकी थिइन् ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको इजलासले उनलाई यथास्थानमा राख्न सरकारका नाममा कात्तिक १६ गते अन्तरिम आदेश दिएपनि सरकारले मंसिर ५ गते कर्मचारी सरुवा गर्न पाउने सरकारको निर्णयमा हस्तक्षेप भएको भन्दै उक्त आदेश खारेजीको मागसहित पुनः सर्वोच्चमा भ्याकेट निवेदन पेश गरेको थियो ।

डा. चौधरीका पक्षमा शम्भु थापा, हरि उप्रती र सुरेन्द्र महत्तोले बहस गरेका थिए । त्यसक्रममा सर्वोच्चका न्यायाधीशद्वय मीरा खड्का र इश्वरप्रसाद खतिवडाको इजलासले स्वास्थ्य सचिवमा डा. चौधरीलाई निरन्तरता दिन सोमबार आदेश दिएपछि उनी पुनः मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवस्थामा पुगेकी छन् ।

तर उनको निवेदन सर्वोच्चमा विचाराधिन रहेको भन्दै सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट केदार अधिकारीलाई स्वास्थ्य सचिव नियुक्त गरेर स्वास्थ्य मन्त्रालय पठाइसकेको छ । अव चौधरी र अधिकारीलाई मन्त्रालयमा कसरी व्यवस्थापन गर्ने भन्ने चुनौति स्वास्थ्य मन्त्री र सरकार दुवैलाई थपिएको छ ।

सरकारले नियक्त गरेर पठाएका सचिव अधिकारी र कानुनीरुपमा बलियो बनेकी सचिव चौधरीले कसरी सेवा प्रवाह गर्छन् भन्ने विषयको अन्यौलता छ । यो बीचमा निरन्तर स्वास्थ्य मन्त्रालय नै गएर हाजिर गरिरहेकी डा चौधरीले आफुलाई बिना गल्ती सरकारले प्रधानमन्त्री कार्यालय तानेको भन्दै गुनासो पोख्दै आएकी थिइन् ।

दुई महिनापछि पुरानै जिम्मेवारीमा फर्कने कानुनी आदेश पाएकी स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले ढिलै भएपनि आफुले न्याय पाएको र आफ्नो काँधको जिम्मेवारी प्रभावकारीरुपमा सम्हाल्ने बताएकी छन् ।  ‘मलाई दुई महिनादेखि जिम्मेवारी दिइएन तर म धैर्यताका साथ मन्त्रालय आइरहे । अव मेरो व्यवस्थापनमा मन्त्रीज्यु र सरकारको भुमिका रहन्छ,’ उनले भनिन् ।

‘योग्यता, विधि र नियमबमोजिम मलाई स्वास्थ्य सचिवमा नियुक्त गरिएको थियो । मैले जिम्मेवारीपूर्वक काम पनि गरिरहेको थिए तर यसअघि कहिल्यै नभएको अभ्यास गर्दै सरकारले स्वास्थ्यबाट तानेर प्रधानमन्त्री कार्यालय पु¥याउने निर्णय लियो । अर्को कुनै पनि विकल्प नभएपछि म सर्वोच्च पुगेको थिए । अहिलेको पैसलालाई पूर्ण कदर गर्दै आफ्नो काम अघि बढाउँछु’, उनले भनिन् ।

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्