Logo
१५ बैशाख २०८१, शनिबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा लगानी गर्न उत्साहित हुँदै, चीनको हुपेई प्रान्तका उद्योगी

काठमाडौं : चीनको हुपेई प्रान्तका उद्योगी व्यवसायीहरु नेपालमा यतिखेर लगानीका लागि सबैभन्दा उपयुक्त समय भएको कारण लगानी गर्न इच्छा देखाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरू र चीनको हुपेई उद्योग वाणिज्य महासंघ तथा हुपेई प्रान्तीय उद्योग वाणिज्य संघका उपाध्यक्ष चाओ सुफेङको नेतृत्वमा नेपाल भ्रमणमा आएको चिनिया“ व्यावसायीले सो इच्छा देखाएका हुन् ।

नेपाली र चिनिया“ उद्यमी व्यवसायीबीच नेपाल-चीन आर्थिक व्यावसायिक सम्बन्ध, संयुक्त लगानी विस्तार, वैदेशिक लगानीसम्बन्धी नीतिगत व्यवस्था लगायतका विषयमा छलफल भएको छ । महासंघका उपाध्यक्ष ढकालले नेपालमा लगानीको वातावरण, विदेशी लगानी सम्बन्धी विद्यमान नीतिगत व्यवस्था भएको बताए ।

नेपालमा यतिखेर लगानीका लागि सबैभन्दा उपयुक्त समय भएको र नेपाललको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीका हिसावले समेत सबैभन्दा बढी लगानी गरिरहेको छिमेकी राष्ट्र चीनबाट धेरै अपेक्षा नेपालले राखेको उनले बताए ।

“नेपालमा लगानी, पुजी, प्रविधि भित्र्याउदा तपाईंहरूलाई आवश्यक सहयोग गर्न महासंघ तयार छ,” उपाध्यक्ष ढकालले भने । सन् २०१९ को मार्चमा सरकारले लगानी सम्मेलनको आयोजना गर्न लागेकोले उक्त सम्मेलनमा सहभागिताका लागि चिनिया“ पक्षलाई आमन्त्रण गरेका छन् ।

नेपालमा लगानीका सम्भाव्यताका विषयमा अध्ययन गर्न आएको उक्त प्रतिनिधिमण्डललाई महासंघका तर्फबाट व्यावसायिक कृषि, पूर्वाधार, पर्यटन, ऊर्जा, सूचना प्रविधि, उत्पादनमूलक उद्योग लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्