Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारामै सिमित भयो खुला दिसामुक्त घोषणा : बसपार्क-शौचालय नहुँदा उत्कृष्ट पर्यटकीय क्षेत्र ओझेलमा

पशुपतिनगर : प्रदेश नं १ मा पर्ने इलामको सूर्योदय नगरपालिकामा शौचालय, बसपार्क जस्ता अतिआवश्यक पूर्वाधारको अभाव देखिएको छ । सङ्घीय सरकारले १०० उत्कृष्ट पर्यटकीय क्षेत्रको कन्याम क्षेत्रमा शौचालय र बसपार्क नहुँदा पर्यटक खुला क्षेत्रमा शौच गर्न बाध्य भएका छन् ।

कन्याममा चर्पी र बसपार्कको समस्या छ । मौसममा दैनिक हजारौ बढी पर्यटक आएर घुम्ने कन्यामको तीन किलोमिटर क्षेत्रमा एउटा मात्रै चर्पी हुँदा खुला क्षेत्रमा शौच गर्न बाध्य भएको एक आन्तरिक पर्यटकले बताए ।

खुला दिसामुक्त क्षेत्र घोषणा भएपनि पर्याप्त पूर्वाधर, खानेपानी, चर्पीको समस्याले पिरोलिने पर्यटकले गाडी भने विद्यालयमा पार्किङ गर्दै आएका छन् । प्रदेश नं १ सरकारले पर्यटकीय नगर घोषणा गरेको सूर्योदय नगरपालिकाको अन्तु पर्यटकीय क्षेत्रको समस्या उस्तै छ ।

सूर्योदय दृश्यावलोकन गर्न अन्तु पुग्ने पर्यटकले डाँडामा चढ्नु अघि पार्किङ र अन्तुडाँडामा पानी तथा चर्पीको समस्या भोग्दै आएका छन् । मौसममा दैनिक सात हजार बढी पर्यटक पुग्ने डाँडामा एउटा मात्रै चर्पी भएकोले थप बनाउनुपर्ने र अन्य पूर्वाधार बनाउनुपर्ने अन्तु घुम्न आएका राजेश लेप्चाले बताए ।

इलाम आउने पर्यटकले कोसेली खरीद गर्ने सूर्योदय नगरपालिकाको प्रमुख प्रशासकीय केन्द्र रहेको फिक्कल बजारमा भएको सार्वजनिक चर्पी प्रयोग गर्न नसक्ने अवस्थामा छ । फिक्कल बजारमा पार्किङस्थलसँगै सार्वजनिक शौचालय नहुँदा यात्रु र पर्यटकले खुला क्षेत्रमा शौच गर्न बाध्य छन् ।

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्