Logo
२२ बैशाख २०८१, शनिबार
(December 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालीगण्डकीलाई चिनाउन अपनाए यस्तो शैली

बेझाड : कालीगण्डकी उपत्यकालार्ई चिनाउन भदौ २८ गतेदेखि शुरु भएको फोटो प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ ।

उक्त फोटो प्रतियोगितामा प्रथम निर्मल शाही ठकुरीको स्याङ्जाको रामडाँडामा प्याराग्लाइडिङ उडाउँदै गरेको फोटो, द्वितीय हिमाल श्रेष्ठको कालीगण्डकी उपत्यका देखिने फोटो र तृतीय नवलपुर डेढगाउँकी श्यामकुमारी बिसीको अमिलो पेल्दै गरेकी महिलाको फोटो उत्कृष्ट भई पुरस्कृत हुन सफल भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई नगद क्रमशः ३० हजार, २० हजार र १० हजार पुरस्कार रहेको छ । भदौ २८ गतेदेखि शुरु भएको प्रतियोगिता कात्र्तिक २८ गते सम्पन्न भएको थियो । प्रतियोगितामा ९१ जनाको एक ७० तस्बीर सामेल भएका थिए ।

कालीगण्डकी खबर डटकमले आयोजना गरेको सो प्रतियोगितालाई कालीगण्डकी उपत्यका र सेरोफेरोलाई विश्वभर चिनाउनाका साथै त्यस क्षेत्रका प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ फोटो प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रकाशित मिति: Dec 16, 2018

प्रतिक्रिया दिनुहोस्