Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाभारत क्षेत्रमा बँदेल चोरी बढ्दै, स्थानीयवासीले नै काटेर मासु बिक्री गरेको खुलासा

काभ्रेपलाञ्चोक : जिल्लाको उत्तरी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खला जङ्गलबाट केही महिनायता बँदेलको चोरी बढ्न थालेको छ । स्थानीयवासीले त्यस क्षेत्रमा अवैधरुपमा बँदेल चोरी गरी घरमा पाल्ने र काटेर मासु बिक्री गर्न थालेपछि स्थानीयवासीले बँदेल संरक्षण गर्न स्थानीय प्रशासनसँग अनुरोध गरेका छन् ।

स्थानीयवासीले महाभारत गाउँपालिकाका विभिन्न वडाका ५ जना व्यक्तिले बँदेलको चोरी गरेको आरोपमा जिल्ला वन कार्यालय धुलिखेलमा हालै मात्र उजुरी दर्ता गरेका छन् ।

उजुरीमा महाभारत गाउँपालिका-४ का केशरसिं वाइवा, डिलबहादुर वाइवा र सुन्दर लामा वडा नं ३ का विजय मोक्तान र रकमसिं लामाले महाभारतको जङ्गलबाट महीनामा ४ देखि ६ वटासम्म बँदेल चोरी गरी घरमा पाल्ने र रातिको समयमा गोप्य स्थानमा काटेर मासु बिक्री गर्ने गरेको उजुरीमा उल्लेख छ ।

वन कार्यालयका प्रमुख बद्री कार्कीले बँदेल चोरी गरी काटेर मासु बिक्री गरेको आरोपमा किटानी उजुरी परेको बताए ।उनले भने, “उजुरी दर्ता भएपछि अनुसन्धान टोली बनाई स्थलगत अनुसन्धान थालिएको छ, दोषी देखिएकालाई नियन्त्रणमा लिई कार्वाही गर्छौँ ।

कार्कीका अनुसार अनुसन्धान टोलीले घटनाको मुचुल्का गरी सर्जमिन गरेको छ भने चोरी गरी पाल्ने स्थानको खोजी कार्य भइरहेको छ ।

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्