Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिको गाडी खरिद प्रकरण : संसदीय समितिमा सांसदबीच चर्काचर्की

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको गाडी खरिद प्रकरणको विषयलाई लिएर सत्तापक्षीय सांसद र विपक्षी संसद बीच चर्को विवाद भएको छ ।

सार्वजनिक लेखा समितिको हालैको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसबीच विवाद भएको हो । बैठकमा राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा समितिमा छलफल गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले माग गरेपछि दुई दलका सांसदबीच विवाद भएको छ ।

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा समितिमा छलफल गर्नुपर्ने माग गरे भने त्यसको प्रतिवाद गर्दै सत्तारुढ नेकपाका सांसद सूर्य पाठकले संसदीय समितिलाई कामै गर्न नदिने नियतका साथ सो प्रस्ताव आएको दावी गर्दै आपत्ति जनाए । यसबारे बैठकमा कुनै निर्णय हुन सकेन ।

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्