Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशको नयाँ प्रधानन्यायाधीश तोक्न संवैधानिक परिषदको बैठक बस्दै

काठमाडौँ : देशको नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको बैठक आज बस्ने भएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आगामी पुस १७ गते उमेर हदका कारण अवकाश पाउने र नयाँ प्रधानन्यायाधीश एक महिना अघि नै सिफारिस गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार यसअघि मंसिर १७ गते बैठक डाकिएको हो ।

परिषदका सदस्यको ब्यस्तताका कारण स्थगित हुँदै आएको बैठक आज बस्ने भएको हो । यसअघि यही मंसिर १७ गते बैठक बसे पनि सिफारिसको निर्णय नगरी बैठक सकिएको थियो ।

न्यायपरिषद्ले यसअिघ नै प्रधानन्यायाधीशका लागि दीपकराज जोशी र चोलेन्द्र सम्शेर जबराको नाम सिफारिस गरेको थियो । जोशी यस अघि संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएपछि अहिलेका प्रधानन्यायाधीश मिश्रको नाम सिफारिस गरिएको थियो ।

प्रधानन्यायाधीशमा सिफारिसका लागि सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भइसकेको व्यक्ति हुनुपर्ने संवैधानिक प्रावधान छ ।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्