Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोला छेउमा बेबारिसे अबस्थामा राखिएको झोलालाई कोट्याउँदा विस्फोट, २ जना घाईते

सिरहा : प्रदेश नम्बर २ स्थित सिरहा जिल्लाको ठाढीमा बम बिस्फोट भएको छ । बिस्फोटमा हुँदा दुईजना घाईते भएका छन् । छिमेकी देश भारतसँग सिमा जोडिएको भगवानपुर गाँउपालिका बडा नं ४ ठाढीमा बम बिस्फोट हुँदा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधबराज खरेलले जानकारी दिए ।

बिस्फोटमा स्थानिय ३० वर्षीय ओमप्रकाश यादव र २६ वर्षीय संजय यादव घाइते भएका छन् । घाइते दुवै जनालाई उपचारका लागि भारत तर्फ लगिएको प्रवक्ता खरेलले जानकारी दिए ।

गाउँको पुर्बी छेउमा रहेको बलान खोलामा शौच गर्न गएको बेला बेबारिसे अबस्थामा राखिएको झोलालाई उनीहरुले कोट्याउँदा विस्फोट भएको प्रहरीले जनाएको छ ।

पानपरागको बट्टामा बनाएको बम बिस्फोट भएको घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक राजेश थापाले बताए । बिस्फोटबारे अनुसन्धान भईरहेको प्रवक्ता खरेलले जानकारी दिएका छन् ।

घटनाबारे थप कुराहरु खुलेको छैन भने उक्त बेबारिसे अबस्थामा राखिएको झोला कहाँबाट कसरी के प्रयोजनका लागि राखिएको थियो त्यसबारे केहि खुल्न सकेको छैन ।

प्रकाशित मिति: Dec 9, 2018

प्रतिक्रिया दिनुहोस्